जनकपुरधाम – जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
प्रदेश प्रमुखको कार्यालय जनकपुरधामले बुधबार विज्ञप्ति जारी गर्दै जनमतले समर्थन फिर्ता लिएको जनाएको छ ।
विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेश प्रदेश सरकारलाई जनमत पार्टीले दिएको समर्थन मिति २०८३ वैशाख २२ गतेदेखि फिर्ता लिएको व्यहोरा सहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको उल्लेख गरिएको छ ।
पत्र प्राप्त भएसँगै सम्बन्धित निकायलाई जानकारी गराइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया