लुटपाट तथा चोरीमा संलग्न २ जना पक्राउ

लुटपाट तथा चोरीमा संलग्न २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुटपाट तथा चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय बिकेस राजबाहक र काठमाण्डु महानगरपालिका–१९ डल्लु बस्ने ३४ वर्षीय अरूण भुजेल रहेका छन् ।

काठमाण्डु महानगरपालिका–२९ ईन्द्रचोकस्थित एक ज्वेलरीमा हतियार देखाई लुटपाट गर्ने प्रयास गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएको प्रहरी टोलीले काठमाण्डुको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले २०८२ पुस २१ गते काठमाण्डु महानगरपालिका–२५ मांसान गल्लीस्थित होलसेल पसलमा पेस्तोल देखाई २ तोलाको सुनको सिक्री, नगद ४ लाख रूपैयाँ, मोबाइल २ थान लगायतका सामान समेत लुटपाट गरेको खुल्न आएको छ । प्रहरीले उनीहरूको साथबाट चाइनिज पेस्तोल १ थान, म्याग्जिन १ थान, गोली १ राउण्ड, नक १ थान र  घटनामा प्रयोग भएको स्कुटर समेत बरामद गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।