प्रधानन्यायधीश नियुक्त गर्न संवैधानिक परिषद् बैठक बस्दै

प्रधानन्यायधीश नियुक्त गर्न संवैधानिक परिषद् बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति गर्न संवैधानिक परिषद्को बैठक बिहीबार बस्दैछ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि सरकारले संवैधानिक परिषद्को बैठक बोलाएको हो ।

प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्षको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबार साँझ ५ बजे बैठक बोलाएको हो। बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको नियुक्ति सिफारिस रहेको छ ।

बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानून, न्याय संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीमराज आइदेम्बे र प्रतिनिधिसभाको उपसभामुख रबीकुमारी ठाकुरलाई आमन्त्रण गरिएको छ।

बैठकपछि संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेर राष्ट्रपतिसमक्ष पठाउने छ।

प्रधानन्याायधीश प्रकाशमान प्रधानन्यायाधीश सिंह राउत ६५ वर्षे उमेर हदका कारण गत चैत १८ गते अवकाशमा गएपछि रिक्त पदका लागि सर्वोच्चकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम न्यायपरिषद्ले संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो।

राउतको अवकाशपछि हाल मल्ल कायममुकायम प्रधानन्यायाधीश छिन्। संविधानको धारा १२९ को न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेका व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुने उल्लेख छ। उक्त उपधाराअनुसार ने तीन वर्ष अवधि पुगेका सबै न्यायाधीशको नाम परिषद्ले सिफारिस गरेको हो ।