काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराईजर्स हैदरावादले शीर्षस्थानको पञ्जाब किङ्ग्सलाई ३३ रनले हराएको छ । यससँगै हैदरावाद शीर्षस्थानमा पुगेको छ भने पञ्जाब दोस्रो स्थानमा झरेको छ ।
पञ्जाबले पछिल्लो ३ खेलमा लय गुमाउँदै लगातार ३ हार बेहोरेको छ । हैदरावादमा टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले ४ विकेट गुमाएर २३५ रन बनाएको थियो । हैदरावादले दिएको २३६ रनको लक्ष्य पछ्याएको पञ्जाबले ७ विकेट गुमाएर २०२ रनमात्र बनाउन सक्यो ।
हैदरावादको जीतमा अभिषेक शर्मा, ट्रभिस हेड र नितिश कुमारले २०० भन्दा बढीको स्ट्राइकरेटमा ब्याटिङ गरे । अभिषेकले १३ बलमा ३५, हेडले १९ बलमा ३८ र नितिशले १३ बलमा २९ रन बनाएका थिए । आईपीएलमा हैदरावाद ११ खेलमा १४ अङ्कका साथ तालिकाको शीर्षस्थानमा छ भने पञ्जाब १० खेलमा १३ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ ।
आईपीएलमा बिहीबार बेलुका पौने ८ बजे रोयल च्यालेन्जर्स बलुरु र लखनउ सुपर जाइन्टस खेल्नेछन् ।




प्रतिक्रिया