काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा १८ सयले बढेको हो ।
हिजो २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ १०० रुपैयाँले बढेर ५१५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया