पूर्वविशिष्टहरूले गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै रिट दर्ता

पूर्वविशिष्टहरूले गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै रिट दर्ता

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सरोज न्यौपानेले बिहीबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, झलनाथ खनाल, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाएर रिट दायर गरिएको छ ।

विदेशमा उपचार गरेको खर्च राज्यले व्यहोर्ने कार्यविधि नभएको अवस्थामा मन्त्रिपरिषद्को निर्णयबाट उनीहरुले उपचार खर्च पाएका थिए । उक्त रिटको पेशी शुक्रबारका लागि तोकिएको छ ।

स्वदेशमा उपचार गर्न मिल्ने अवस्था हुँदाहुँदै पनि राज्यका पूर्व पदाधिकारीहरूले विदेशमा गएर उपचार गर्ने र मन्त्रिपरिषद्को निर्णयबाट उनीहरूको उपचार खर्च व्यहोर्ने अभ्यास यसअघि हुँदै आएको थियो ।