असार ३ गते रातो मच्छिन्द्रनाथको रथ जावलाखेल तानिने

असार ३ गते रातो मच्छिन्द्रनाथको रथ जावलाखेल तानिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ प्रस्थान गर्ने भएको छ।

मच्छिन्द्रनाथको ‘पश्चिम यात्रा’ का लागि असार ३ गते तृतीया तिथिको शुभ साइतमा जावलाखेलतर्फ प्रस्थान गरिने भएको हो ।

हाल ललितपुरको लगनखेलस्थित थटीटोलमा रहेको रथलाई सोही दिनको साइतमा जावलाखेल पुर्‍याइनेछ।

जावलाखेल पुगेको चौथो दिनमा ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न हुने प्रचलन रहेको छ।