सप्तरीमा एक महिला चार दिनदेखि बेपत्ता: आँगनमा रगत भेटिएपछि हत्याको आशंका

सप्तरीमा एक महिला चार दिनदेखि बेपत्ता: आँगनमा रगत भेटिएपछि हत्याको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ वनरझुलाकी एक महिला चार दिनदेखि रहस्यमय ढंगले बेपत्ता भएकी छन्। स्थानीय वीरेन्द्र राय छोटुकी श्रीमती अनिता देवी राय बुधबार रातिदेखि सम्पर्कविहीन भएकी हुन्।

घरको आँगनमा रगतका टाटा भेटिएपछि स्थानीय र परिवारले अनिताको हत्या भएको हुन सक्ने आशंका गरेका छन्। अनिताको श्रीमान् बैदेशिक रोजगारीका क्रममा विदेशमा छन् भने सासु छोरीसंग नारायणघाट बस्दै आएकी छन् ।

घरमा एक्लै भएको मौका छोपी केही समुहले उनलाई लगेको बेपत्ता महिलाका बुबा प्रितम रायको दावी छ । घरआँगनमा रगत देखिएकाले घटना थप शंकास्पद बनेको छ।

स्थानीयका अनुसार यसअघि पनि उक्त घरमा खसी, बोका, चामल र गहुँ चोरी हुने गरेका साना घटना भइरहन्थे, तर यसपटक प्रत्यक्ष मानवीय सुरक्षामाथि नै प्रहार भएको छ।

सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले हालसम्म महिलाको अवस्था अज्ञात रहेको र घटनाको सूक्ष्म अध्ययन गरिरहेकोले दोषीको पहिचान छिट्टै हुने जानकारी दिए ।