४० वर्षीया महिलामाथि सामूहिक बलात्कार : सडक निर्माणमा खटिएका तीन मजदुर पक्राउ

४० वर्षीया महिलामाथि सामूहिक बलात्कार : सडक निर्माणमा खटिएका तीन मजदुर पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रोल्पामा ४० वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पक्राउ पर्नेमा कैलाली बलचौर लम्कीचुहा नगरपालिका २ का २३ वर्षीय अनिल वादी नेपाली सोही क्षेत्रका २० वर्षीय सुनिल बादी र सल्यान कालिमाटी गाउँपालिका ५ का ४४ वर्षीय धनबहादुर कामी रहेका छन् ।

पक्राउ परेका तीनै जना रोल्पाको माडी गाउँपालिका ६ लाप्चुङस्थित निर्माणाधीन मदन भण्डारी सडक खण्डको कलभर्ट मर्मत कार्यमा खटिएका मजदुर हुन्।

प्रहरीको विवरण अनुसार वैशाख २२ गते बुलुकी सुनिलस्मृति गाउँपालिका २ की पीडित महिला माडी गाउँपालिका १ चिहानडाँडास्थित आफन्तको घर लिबाङतर्फ जाँदै गर्दा सो घटना भएको हो ।

पीडितले आफूमाथि सामूहिक बलात्कार भएको जाहेरीमा उल्लेख गरेकी छिन् ।रोल्पाका निमित्त प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार पक्राउ परेका तीनै जनालाई जबरजस्ती करणी सम्बन्धी कसुरमा प्रक्रिया अगाडि बढाइएको छ।