काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद आजमी मनिकिरले मुस्लिम धर्मावलम्बीको पवित्र स्थान मक्का प्रस्थान गर्ने हज यात्रीको टोलीलाई बिदाइ गरेका छन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाह र नेपालका लागि साउदी अरबका राजदूत मिनिकिरले हजयात्रीहरूलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।
हजयात्रीको बिदाइका क्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाह र राजदूत मिनिकिरबीच नेपाल र साउदी अरबबीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्धलाई अझ सुदृढ बनाउनेबारे छलफल भएको थियो ।
शाहका अनुसार दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्दै दुवै जनाको तर्फबाट हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल, सुरक्षित र मंगलमय यात्राको शुभकामना व्यक्त गरिएको थियो ।
शाहले हज इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक आस्था र आध्यात्मिक एकताको प्रतीक भएको उल्लेख गर्दै यात्रुहरूको सहज व्यवस्थापन र सहकार्यप्रति सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराएका थिए ।




प्रतिक्रिया