काठमाण्डु- इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले १३ स्थानीय तहलाई डेंगी सङ्क्रमणको सर्तकता अपनाउन पत्राचार गरेको छ। किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पुस यता सबै स्थानीय तहको डेंगी सङ्क्रमणको अवस्थाको अध्ययन गरिरहेको बताए ।
उनका अनुसार ति स्थानीय तहहरु ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, मेची नगरपालिका र कचनाकेवल गाउँपालिका, सुनसरीको धरान उमहानगरपालिका म्याग्दीको वेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका रहेका छन्।
पुस यता करिब ६ सय जनामा सङ्क्रमण देखिएको थियो। शाखा प्रमुख डा दाहालले अहिलेको पानीमा डेंगी सार्ने लामखुट्टे नभएको कारणले सङ्क्रमणको जोखिम कम रहेको पनि बताए ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगी सङ्क्रमण लाग्दछ।




प्रतिक्रिया