कायममुकायम प्रधानन्यायाधीशको आग्रह : न्यायाधीशहरू डर वा प्रलोभनमा नपर्नू

कायममुकायम प्रधानन्यायाधीशको आग्रह : न्यायाधीशहरू डर वा प्रलोभनमा नपर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता कायम राख्न सम्पूर्ण न्यायाधीशहरूलाई कुनै पनि प्रकारको डर वा प्रलोभनमा नपरी काम गर्न आग्रह गरेकी छन् ।

कानुन दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्याय सम्पादनका क्रममा कसैको डर वा प्रभाव स्वीकार्य नहुने बताइन् ।

उनले भनिन्, ‘म सबै न्यायाधीशहरूलाई भन्न चाहन्छु, न्याय सम्पादन गर्दा डर र प्रभावमा पर्नु हुँदैन । चाहे त्यो सरकारको डर होस् वा महाभियोगको, कुनै पनि त्रासबाट मुक्त भई आत्मबलका साथ कानुनको शासन कायम गर्न लाग्नुपर्छ ।’

न्याय सम्पादनका क्रममा आउने चुनौतीहरूबिच पनि संविधानवाद र विधिको शासनलाई सर्वोपरी राख्नुपर्नेमा बताउँदै उनले राज्यका सबै अंगहरूबिचको समन्वय र सद्भावले नै लोकतन्त्र बलियो हुने बताएकी छन् ।

उनले भनिन्, ‘राज्यका विभिन्न अंगका प्रमुखहरू एउटै छानामुनि उपस्थित हुनुले हाम्रो लोकतान्त्रिक परम्परालाई जीवन्त तुल्याएको छ । यसले हामीलाई अत्यन्त हर्षित र गौरवान्वित बनाएको छ ।’