नेकपा सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी जोशीलाई, रञ्जिता कृषि विभागको प्रमुख

नेकपा सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी जोशीलाई, रञ्जिता कृषि विभागको प्रमुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी नेता भानुभक्त जोशीलाई दिएको छ ।

नेता भीम रावलले प्रदेश इन्चार्जको जिम्मेवारी लिन अस्वीकार गरेपछि जोशीलाई इन्चार्ज तोकिएको छ । जोशीलाई यसअघि प्रदेश सहइञ्चार्ज थिए ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेर पठाएको अन्तरपार्टी निर्देशन (अपानी) मा सुदूरपश्चिमको इन्चार्ज जोशी र सहइञ्चार्ज खगराज भट्टलाई तोकिएको छ ।

यसअघि प्रदेश सहइञ्चार्जको जिम्मेवारी पाएकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।