रास्वपा केन्द्रीय सचिवालय बैठक बस्दै

रास्वपा केन्द्रीय सचिवालय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको बैठक आइतबार बस्दै छ ।

साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक राखिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार बैठकका लागि ६ वटा एजेन्डा तय भएका छन् । जसमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही सम्बन्धमा, केन्द्रीय समिति बैठक र विविध रहेका छन् ।