स्थानीय तहले कम्पनी दर्ता तथा सेयर खरिद गर्न सक्ने

स्थानीय तहले कम्पनी दर्ता तथा सेयर खरिद गर्न सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अबदेखि स्थानीय तहले कम्पनी दर्ता तथा सेयर खरिद गर्न सक्ने भएका छन् । कम्पनी रजिस्ट्रार कार्यालय त्रिपुरेश्वरले त्यससम्बन्धी जानकारी सार्वजनिक गरेको हो ।

कार्यालयले एक सूचना जारी गर्दै वैकल्पिक ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना तथा सेयर लगानी गर्न स्थानीय तहले अग्रसरता देखाएको भन्दै कम्पनी ऐन–२०६३ अनुसार प्रचलित कानुनी प्रक्रिया पूरा गरी कम्पनी दर्ता तथा सेयर खरिद गर्न सकिने व्यवस्था रहेको जनाएको हो ।

सूचनामा सम्बन्धित सबै सरोकारवालालाई यसबारे जानकारी गराइएको उल्लेख छ ।

कार्यालयले स्थानीय तहलाई यस सम्बन्धमा आफ्नो कानुन बनाई निर्णयसमेत गर्नुपर्ने र कम्पनी ऐन–२०६३ एवं सम्बन्धित प्रचलित कानुन बमोजिम अघि बढ्नुपर्ने जनाएको छ ।