काठमाण्डु – आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शृंखलाका लागि टोली घोषणा गरेको हो। रोहित पौडेलको कप्तानीमा घोषणा भएको टोलीमा बसिर अहमदको स्थानमा इशान पाण्डेले आएका छन्। इशानले पहिलो पटक एक दिवसीय टोलीमा स्थान बनाएका हुन्।
नेपालले मंगलबारदेखि घरेलु मैदानमा त्रिकोणात्मक सिरिज खेल्दै छ। शृंखलाको पहिलो खेलमा नेपालले मंगलबार स्कटल्यान्डविरुद्ध खेल्नेछ।
दोस्रो खेलमा शनिबार अमेरिकासँग खेल्नेछ। आगामी सोमबार स्कटल्यान्ड र शुक्रबार अमेरिकाविरुद्ध खेल्ने तालिका छ।





प्रतिक्रिया