म जीवनी लेख्न हिँडेको होइन, इतिहास लेख्न हिँडेको हुँ : रवि लामिछाने

म जीवनी लेख्न हिँडेको होइन, इतिहास लेख्न हिँडेको हुँ : रवि लामिछाने

भाइरलको दुनियाँबाट बाहिर निस्किन सांसदहरूलाई सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले आफूहरू जीवनी लेख्ने नभइ इतिहास लेख्ने यात्रामा रहेको बताएका छन् ।

पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै उनले आफू इतिहास लेख्न हिडेको उल्लेख गरेका हुन् ।

उनले भने ‘मैले राजनीतिलाई धेरै ठूलो सपनाको रुपमा अघि सारेको थिएँ । नेताको रुपमा एउटा मान्छे सरकारको कुन तहमा पुग्छ भन्ने ठूलो कुरा होइन, ‘सरकारमा मन्त्रीका रुपमा रहला प्रधानमन्त्रीको रुपमा रहला त्यो ठूलो कुरा होइन । तर मुलुकलाई एउटा कस्तो नेतृत्व दिंदैछौं भन्ने ठूलो कुरा होइन ।’ उनले भने ‘कसैलाई लाग्ला, पार्टी सभापति बन्न, मन्त्री वा प्रधानमन्त्री बन्ने उद्देश्यमा लागेर हिँडेको भन्ने लाग्छ भने त्यो भ्रम मात्र हो, म जीवनी लेख्न हिँडेको होइन, इन्ट्रेस्ट पनि छैन, बरु इतिहास लेख्न हिँडेको हो ।’

उनले आफ्ना सांसदहरूलाई भाइरल बन्ने दौडमा नलाग्न सुझाव दिएका छन् । उनले अरू सबै छोडेर विधेयकहरूमा केन्द्रित हुन सुझाव दिए ।

उनले भने, ‘माननीयज्यूहरू, अहिले पनि समितिमा यति धेरै क्यामरा देखेपछि जोस आउँछ, रगत तातेर आउँछ । मैले बोलेको मतदाताकहाँ पुगिहाल्छ भनेर चर्को चर्को बोल्न पैतालादेखि टाउकोसम्म भाव आउँछ । यो तपाईँको भावना हो कि अभिनय हो छुट्याउने जिम्मा तपाईँको । तर अब भाइरलको दुनियाँबाट बाहिर निस्किनुपर्छ । अलिकति बाहिर निस्किनुस् ।’