काठमाण्डु– पाकिस्तानको एक प्रहरी चौकीमा आतंकवादी आक्रमणमा परी १५ जना प्रहरीको मृत्यु भएको छ।
बन्नु सहरको बाहिरी इलाकामा रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थ भरिएको गाडी ठोक्किएपछि कट्टरपन्थीहरु चौकीभित्र पसेर प्रहरीमाथि गोली प्रहार गरेको बताइएको छ ।
बन्नु मेडिकल एण्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले १५ जना प्रहरीको मृत्यु भएको पुष्टि गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
यसअघि बन्नु रेन्जका प्रहरी अधिकृत सज्जाद खानको कार्यालयले जारी गरेको विज्ञप्तिमा फतेह खेल चौकी भवनको भग्नावशेषबाट १२ प्रहरीको शव निकालिएको र तीन जना कर्मचारीलाई भग्नावशेषबाट जीवितै निकालिएको उल्लेख गरिएको थियो ।
यसबाहेक, तीन जना घाइतेलाई पनि अस्पताल ल्याइएको छ, जसको अवस्था खतरामुक्त रहेको बताइएको छ।




प्रतिक्रिया