जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले दाङ, कास्की र ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोड बस्ने ७२ वर्षीय कासीराम विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा कासीराम समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३२ हजार ४२२ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–१७ रामदर्शन टोल बस्ने ५५ वर्षीय धर्मदत्त गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्मदत्त समेत ९ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५९ हजार ५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने ५० वर्षीय श्याम कुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा श्याम कुमार समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २४ हजार ५६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।