काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरूको सदस्यता खारेज गरेको छ ।
आईतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकले सदस्यता खारेज गरेकाहरूको नामावली सार्वजनिक गरिएको छैन ।
सचिवालय बैठकले वैशाख ३० गते केन्द्रीय समिति बोलाउने निर्णय गरेको छ ।




प्रतिक्रिया