रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो स्पेनिस ला लिगाको उपाधि

रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो स्पेनिस ला लिगाको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि उचालेको छ।

गएराति क्याम्प नोउमा भएको एल क्लासिको भिडन्तमा रियललाई २–० गोलअन्तरले हराउँदै ३ खेलअगावै बार्सिलोनाले लालिगा उपाधि जितेको हो।

बार्सिलोनाका मार्कस रासफोर्ड र फेरान टोरेसले एकएक गोल गरे। १८ औँ मिनेटमा फेरान टोरेसले डानी ओल्मोको पासमा बललाई उत्कृष्ट फिनिसिङ दिएपछि बार्सिलोनाले २९ औँ ला लिगा उपाधि जितेको हो।

रियलले भने २४ खेलमा जित, ५ खेलमा बराबरी र ६ खेलमा हार भोग्दै ७७ अंकमा दोस्रो स्थानमा रह्यो।