राज्य व्यवस्था समिति बैठक कांग्रेसले गर्‍यो बहिष्कार

राज्य व्यवस्था समिति बैठक कांग्रेसले गर्‍यो बहिष्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ ।

बैठकमा प्रधानमन्त्री बालेन शाह लगातार दोस्रोपटक पनि अनुपस्थित भएको भन्दै बैठक बहिष्कार गरेको हो ।

बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो ।

गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्रीसँग सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न संवेदनशील विषयमा जवाफ माग गर्नुपर्ने कांग्रेसले जनाएको छ । तर, प्रधानमन्त्री बालेन बैठकमा लगातार नआएपछि कांग्रेसले बैठक नै बहिष्कार गरेको छ।

उक्त बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहेका हुन् ।