काठमाण्डु– आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री स्वर्णिम वाग्लेसमक्ष पेश गरिएको छ।
सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले अर्थमन्त्री वाग्लेलाई उक्त प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा मुलुकको समग्र आर्थिक तथा वित्तीय अवस्थाको समीक्षा समेटिएको छ।
राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ (४) अनुसार नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सरकारसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ।




प्रतिक्रिया