शेयर बजारका अधिकांश सूचक उकालो, नेप्से ३८.१९ अंकले बढ्यो

शेयर बजारका अधिकांश सूचक उकालो, नेप्से ३८.१९ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हप्ताको पहिलो कारोबार दिन सोमबार शेयर बजार मापक नेप्से उकालो लागेको छ ।

सोमबार सबै सूचक उकालो लाग्दा नेप्से ३८.१९ अंकले बढेर २७८३ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिन शुक्रबार नेप्से २७ अंकले बढेको थियो ।

सोमबार कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन बजारमा ३ अर्ब २८ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ६१ करोडको कारोबार भयो । २४७ कम्पनीको मूल्य बढ्दा  १८ कम्पनीको मूल्य बढ्यो भने ४ कम्पनी स्थिर रहे । अन्य समूहको सूचक सर्वाधिक २.११ प्रतिशतले बढेको छ ।

फाइनान्स १.८१, हाइड्रोपावर १.७९, माइक्रोफाइनान्स १.७०, निर्जीवन बीमा १.६०, विकास बैंक १.३६, उत्पादन तथा प्रशोधन १.३०, व्यापार १.१५ र बैंकिङ समूह १.०२ प्रतिशतले बढेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको मूल्य सर्वाधिक १४.१८ प्रतिशत बढ्दा त्रिशूली जलविद्युत्को मूल्य सर्वाधिक २.८७ प्रतिशतले घटेको छ ।

रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, रिडी पावर र साहस ऊर्जा धेरै कारोबार हुने कम्पनी अगाडि रहेका छन् ।