सरकारको नीति : माध्यमिक तहसम्म नि:शुल्क शिक्षा प्रत्याभूत गरिनेछ

सरकारको नीति : माध्यमिक तहसम्म नि:शुल्क शिक्षा प्रत्याभूत गरिनेछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नीति तथा कार्यक्रममार्फत माध्यमिक तहसम्म नि:शुल्क शिक्षाको प्रत्याभूत गर्ने घोषणा गरेको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले माध्यमिक तहसम्म नि:शुल्क शिक्षा, पाठ्यपुस्तक र पोशाकको सहज वितरण गरिने बताए ।

सरकारले गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रम पुनरावलोकन गर्ने नीति लिएको छ । सामुदायिक विद्यालयमा दीर्घकालीन लगानी र निजी लगानीका विद्यालयलाई सेवामुखी बनाउन स्वच्छ नियमन गरिने सरकारले जनाएको छ ।

विश्वविद्यालयको शासकीय संरचनामा सुधार गरिने, विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलनलाई सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।