कांग्रेस सभापति थापाद्वारा १९ केन्द्रीय सदस्य मनोनित (सूचीसहित)

कांग्रेस सभापति थापाद्वारा १९ केन्द्रीय सदस्य मनोनित (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमितिमा रिक्त रहेका पदहरूमा १९ जना सदस्यहरू मनोनित गरेका छन् ।

पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम सभापति थापाले सोमबार विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधिहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालयका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार मनोनयन हुनेहरूमा पूर्वमन्त्री, प्रभावशाली नेता तथा विभिन्न क्षेत्रका विज्ञहरू रहेका छन् ।

मनोनयन हुने केन्द्रीय सदस्यहरूमा महेन्द्र यादव (धनुषा), जीवन परियार (कास्की), उमेश श्रेष्ठ (चितवन), रमेश रिजाल (पर्सा), सुजाता कोइराला (मोरङ), दिलेन्द्रप्रसाद बडू (दार्चुला), डा. चन्द्रकान्त भण्डारी (गुल्मी), अजयकुमार चौरसिया (पर्सा), लक्ष्मी परियार (उदयपुर), आङ्गेलु शेर्पा (सोलुखुम्बु), दिनेशकुमार यादव (सप्तरी), राजीव कोइराला (सुनसरी), राजीव ढुंगाना (सुनसरी), प्रा.डा. गोविन्दराज पोखरेल (प्यूठान), सुशिला मिश्र भट्ट (कैलाली), नागिना यादव (महोत्तरी), दिनेश कोइराला (चितवन), डा. जीवन राना (कैलाली), सीता थपलिया उर्मिला (धादिङ) रहेका छन् ।

सभापतिमा निर्वाचित भएपछि थापाले पार्टी संरचनालाई पूर्णता दिने र आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्र पार्ने रणनीति अनुरूप मनोनयन गरेका जनाइएको छ ।

कांग्रेसले सबै जिल्ला र वडाहरूमा डिजिटल सदस्यता अद्यावधिक कार्यलाई अभियानका रूपमा अगाडि बढाइरहेको छ ।