काठमाण्डु– डा. शेखर कोइरालाले आफूनिकट नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।
विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा छलफल जारी रहेको छ । छलफलमा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी छन् ।
सभापति गगन थापाले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका कोइराला समूहका ७ जनासहित १९ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । यसै विषयमा छलफल गर्न कोइरालाले आफूनिकट नेताहरूलाई बोलाएको बताइएको छ ।




प्रतिक्रिया