१४ वटा निर्माण कम्पनी परे कालोसूचीमा (सूची)

१४ वटा निर्माण कम्पनी परे कालोसूचीमा (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– १४ वटा निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूचीमा परेका छन् ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन-२०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

एक वर्षदेखि डेढ वर्षसम्मका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।