स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आईसीसी विश्वकप लिग(२ अन्तर्गतको पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४३ रन बनायो ।

स्कटल्यान्डका जर्ज मुन्सेले ७५, फिन्ले म्याकक्रेथ ३५ रन, मार्क वाट २४ रन, म्याथु क्रसले १८, माइकल लिस्क २९ रन र माइकल इलिंसले ३४ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए। यस्तै करण केसीले २ र नन्दन यादवले २ विकेट लिए ।