आफ्नै नीति कार्यक्रम पढिरहँदा बैठक छाडेकामा बालेनको नाम गिनिज बुकमा लेखिन सक्छः काँग्रेस

आफ्नै नीति कार्यक्रम पढिरहँदा बैठक छाडेकामा बालेनको नाम गिनिज बुकमा लेखिन सक्छः काँग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्र्पति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीचैमा उठेर बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै काँग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले बालेनले अमर्यादित व्यवहार गरेको आरोप लगाए ।

उनले आफ्नै नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भइरहँदा प्रधानमन्त्री बैठक छाडेर बाहिरिएको घटना ‘गिनिज बुक अफ दि वल्र्ड रेकर्ड’ मा दर्ज हुने भन्दै ब्यंग्य गरे । ‘आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा संसारको कुनौ देशका प्रधानमन्ज्त्री बीचैमा उठेर हिंडे भनेर गिनिज बुकमा अब हाम्रा देशका प्रधानकमन्त्रीको नाम लेखिने भएको छ’, उनले भने, ‘यस्तो लेखिन लागेकामा म उहाँलाई बधाई दिउँ कि, दुःख व्यक्त गरौं सभामुख महोदय ।’

उनले आफू सामाजिक सञ्जालमा लाखौंले लेखेजस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाए भन्ने सिधा आरोप लगाउन नचाहे पनि त्यसबारे जवाफ दिनुपर्ने बताए ।

गृहमन्त्रीसमेतको भूमिकामा रहेका प्रधानमन्त्री शाह उपस्थित नहुँदा संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठक अनिर्णयको बन्दी बनिरहेको बताए ।

‘प्रधानमन्त्रीको कारण राज्य व्यवस्था समितिको बैठक बस्न सकेको छैन । प्रधानमन्त्रीज्यू आउनुस्’, उनले भने, ‘सम्बन्धित मन्त्रालय चाहिन्छ । कि गृहमन्त्री बनाउनुपर्यो कि गहृमन्त्रीको जिम्मेवारी लिएको गृहमन्त्री समितिमा आउनुपर‍्याे । राज्य व्यवस्था समतिजस्तो गम्भीर र महत्वपूर्ण समितिमा दुई बचन जवाफ दिन हिच्किचाइरहनुभएको छ । मुलुकको दर्दनाक अवस्थाप्रति सांसदले राखेको प्रश्नमा राज्य व्यवस्था समिति प्रधानमन्त्रीका कारण अनिर्णयको बन्दी बनेको छ ।’