काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको जनाएको छ ।
सभामुख डोलप्रसाद अर्यालले राईलाई पदबाट हटाउन सोमबार गरेको सिफारिसका आधारमा राष्ट्रपतिले पदमुक्त गर्ने निर्णय गरेका छन् ।
संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया