विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको मिति आपसी समझदारीमा तय हुनेछ : प्रवक्ता जैसवाल

विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको मिति आपसी समझदारीमा तय हुनेछ : प्रवक्ता जैसवाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय विदेश मन्त्रालयले मन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणको मिति आपसी समझदारीमा तय हुने जनाएको छ ।

साप्ताहिक मिडिया ब्रिफिङका क्रममा मंगलबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालबाट विदेशमन्त्रीलाई भ्रमणको निम्तो आएको बताए ।

मौरिससमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटवार्ताका क्रममा विदेशमन्त्री जयशंकरलाई भ्रमणको निम्तो दिइएको उनले बताए ।

‘हाम्रा विदेशमन्त्रीको पनि नेपालका विदेशमन्त्रीसँग कुराकानी भएको थियो,’ उनले भने, ‘उहाँहरूबिच मोरेसिसमा भेटवार्ता भएको थियो । विदेशमन्त्रीलाई नेपालको तर्फबाट निम्तो आएको थियो ।’

भ्रमणको मिति टुंगो नलागेको बताउँदै उनले भने, ‘हाम्रो सम्बन्ध बहुआयामिक किसिमको छ । नेपालमा निर्वाचन भयो, नयाँ सरकार बन्यो । हाम्रो प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीसँग कुराकानी पनि गर्नुभयो । हामी दुई देशको सम्बन्ध जति पुरानो हो, पारिवारिक सम्बन्ध पनि हो । यसको हामी थप बलियो बनाउँछौं ।’