जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ

जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुर दक्षिण टोल बस्ने १९ वर्षीय मदन परियारलाई मंगलबार बिहान पक्राउ गरेको छ ।

मदनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जबरजस्तीकरणी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।