धनुषा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशसभामा रिक्त रहेको समानुपातिक सदस्य पदका लागि महोत्तरीको सरिताकुमारी ठाकुरलाई सिफारिस गरेको छ ।
पार्टीले यसअघि प्रदेशसभा सदस्य रहेकी कञ्चन बिच्छालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै सांसद पदबाट फिर्ता बोलाएकोमा अदालतले उनको रिट निवेदन खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अगाडि बढेको हो ।
बिच्छा पदमुक्त भएपछि रिक्त रहेको समानुपातिक तर्फको सदस्य पदपूर्तिका लागि निर्वाचन आयोगबाट पत्र प्राप्त भएको र ‘क्लस्टर’ अन्तर्गतको समानुपातिक सूचीमा दोस्रो नम्बरमा रहेकी ठाकुरलाई सिफारिस गरिएको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपाले प्रदेशसभा सदस्य पद रिक्त भएको संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार नयाँ नाम सिफारिस गरिएको जानकारी दिएको छ ।




प्रतिक्रिया