काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम संखुवासभा निवासी अधिकारीलाई सो पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बुधबार विज्ञप्ति जारी गर्दै उक्त नियुक्तिको बारेमा जानकारी दिए ।





प्रतिक्रिया