काठमाण्डु – प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संसद्मा उपस्थित हुनुपर्ने सुनिश्चितता माग गर्दै प्रतिनिधि सभामा अवरोध गरेकाले बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
सभामुख डीपी अर्यालले प्रतिपक्षी दलहरूलाई सभा सञ्चालनमा सहयोग गर्न पटक–पटक आग्रह गर्दा पनि अवरोध नहटेपछि भोलि बिहीबारसम्मका लागि बैठक स्थगित भएको छ ।
सभामुख अर्यालले अर्काे बैठक वैशाख ३१ गते बिहीबार बिहान ११ बजे बस्ने जानकारी दिएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री शाहलाई खोजेका छन् ।




प्रतिक्रिया