काठमाण्डू, ३१ वैशाख– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ध्यानाकर्षण गराएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत भट्टराईले ऐतिहासिक पुस्तान्तरणसहित बनेको नयाँ सरकार र यसको नेतृत्वलाई जनताका उच्च रहेको भन्दै गम्भीर बन्न भनेका हुन् । गृहजिल्ला गोरखामा रहेका भट्टराईले आफूले गाउँको कुनाबाट हेर्दा पनि बालेन सरकारप्रति जनताको निकै ठूलो अपेक्षा देखिएको उल्लेख गरे ।
‘नेपाली राजनीतिको ऐतिहासिक पुस्तान्तरणसहित बनेको नयाँ सरकार र नेतृत्वबाट जनताले निकै ठूलो अपेक्षा गरेका छन्’, भट्टराईले लेखेका छन्, ‘मैले अहिले गाउँको कुनाबाट चिहाएर हेर्दा पनि त्यस्तै देखिरहेको छु । सम्बन्धित सबैको ध्यान पुगोस् ।’
भट्टराईले पुराना दल र नेताहरुको योगदानलाई सम्मान गन पनि आग्रह गरेका छन् । महान वैज्ञानिक न्यूटनको भनाइ उद्धृत गर्दै भट्टराईले भनेका छन्, ‘मूल नेतृत्वले महान् वैज्ञानिक न्युटनको यो चर्चित भनाइ निरन्तर स्मरण गरोस्स् । ‘मैले परसम्म देख्न सक्छु किनकि म महामानवहरूको काँधमा चढेको छु ।’




प्रतिक्रिया