प्रधानमन्त्री नआएसम्म संसद् चल्न सक्दैनः काँग्रेस

प्रधानमन्त्री नआएसम्म संसद् चल्न सक्दैनः काँग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डू, ३१ वैशाख– प्रमुख प्रतिपक्षी काँग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज पनि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन नआए संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

बैठक सुरू भएलगत्तै बोल्दै काँग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्री बैठकमा उपस्थित नभएसम्म सदन चल्न नसक्ने बताए । प्रधानमन्त्री शाहमा प्रश्नबाट भाग्ने प्रवृत्ति रहेको उनले आरोप लगाए ।

यसबारे गम्भीर बन्न पनि उनले सभामुख डोलप्रसाद (डिपी) अर्याललाई आग्रह गरे ।
‘प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभ संकेत होइन,’ राईले भने, सदनको गरिमा जोगाउने र सरकारलाई सदनप्रति उत्तरदायी बनाउने प्रमुख जिम्मेवारी सभामुखको हो ।’

स्वर्गीय काँग्रेस नेता प्रदीप गिरीलाई स्मरण गर्दै राईले प्रजातान्त्रिक मूल्य र मान्यताप्रतिको प्रतिबद्धताबिना संसदीय बहुमतको कुनै भर नहुने बताए ।