काठमाण्डू– बाणिज्य बैंकहरुले आगामी जेठ महिनाका लागि व्याजदर घटाएका छन् ।
२० बाणिज्य बैंकले बिहीबार नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ । १२ बैंकको व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर छ ।
तर, सिद्धार्थ बैंकले ब्याजदर ४ प्रतिशतबाट बढाएर ४.०५ प्रतिशत कायम गरेको छ ।
जेठका लागि बाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ४.७५ प्रतिशत तोकेका छन् । वैशाखमा औसत ब्याजदर ४।४ प्रतिशत रहेकामा जेठमा ४.३ प्रतिशतमा घटेको छ ।
सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत र कुमारी बैंकले सबैभन्दा कम ३.९६ प्रतिशत ब्याजदर तोकेका छन् ।
रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दतिमा भन्दा थप एक प्रतिशत ब्याज पाइने बैंकहरुले जनाएका छन् ।
कर्जा लगानी योग्य रकम अधिक भएपछि लगातार बैंकहरूको ब्याजदर घटिरहेको छ । बैंकहरूसँग करिब १२ खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम मौज्दात छ ।




प्रतिक्रिया