नुवाकोटमा दाजुभाई हत्या घटनामा ६ जना पक्राउ

नुवाकोटमा दाजुभाई हत्या घटनामा ६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डू– प्रहरीले नुवाकोटमा दाजुभाई हत्या प्रकरणसँग जोडिएको आशंकामा ६ जनालाई पक्राउ गरेको छ ।

नुवाकोट प्रहरी प्रमुख एसपी विपीन रेग्मीले अनुसन्धानका सिलसिलामा ६ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
म्यागङ गाउँपालिका–४ किम्ताङमा ४३ वर्षीय सोमनाथ तामाङ र ३६ वर्षीय सूर्यमान तामाङ बुधबार एकै ठाउँमा मृत फेला परेका थिए ।

उनीहरु सहोदर दाजुभाई हुन् । मृतकहरुको छाती र शरीरका विभिन्न भागमा भरुवा बन्दुकको छर्रा भेटिएकाले गोली हानेर हत्या गरिएको आशंका प्रहरीको छ ।

पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले हत्या के कसरी भएको हो भन्नेबारे खुल्ने एसपी रेग्मीले बताए ।

मंगलबार बिहान कुलो सफा गर्न भन्दै घरबाट निस्किएका दाजुभाई घर नफर्किएपछि खोजी गर्ने क्रममा किम्ताङ खोलामा गाडीको अवस्थामा शव फेला परेको थियो ।