हामी संसदमा प्रश्न गर्छौं, प्रधानमन्त्री फेसबुकबाट जवाफ फर्काउनुहुन्छः ओली

हामी संसदमा प्रश्न गर्छौं, प्रधानमन्त्री फेसबुकबाट जवाफ फर्काउनुहुन्छः ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डू– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सचेतक खुश्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति अनुत्तरदायी भएको आरोप लगाएकी छन् ।

बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्रीले संसदीय मर्यादा र अभ्यासलाई उपेक्षा गरेको आरोप लगाइन् ।
लोकतन्त्र निर्वाचन जित्ने प्रणाली मात्र नभई निरन्तर संवादको अभ्यास समेत भएको तर्क उनको छ ।

‘प्रधानमन्त्री पहिलो अधिवेशनमा नबोली जानुभयो । दोस्रो अधिवेशनमा आफ्नै नीति तथा कार्यक्रमको छलफल चलिरहँदा बीचमै उठेर हिंड्नुभयो’, उनले भनिन्, ‘हामी सदनमा सुकुमबासी र संवैधानिक परिषद्का कुरा उठाउँछौँ, तर प्रधानमन्त्री सामाजिक सञ्जालको पोस्टमार्फत जवाफ दिनुहुन्छ ।’

प्रधानमन्त्रीको उक्त शैलीले उनी संसदीय अभ्यासप्रति अनुत्तरदायी रहेको संकेत पाएको उनले आरोप लगाइन् ।

जनताले शक्तिशाली प्रधानमन्त्रीका रूपमा विश्वास गरेका प्रधानमन्त्री बानेल सामाजिक सञ्जालमा मात्र सीमित नभई सदनमा उपस्थित भएर जवाफदेही बन्नुपर्ने बताइन् ।