काठमाण्डू–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद् मातृकाप्रसाद यादवले ‘इगोइज्म’ बाट मुक्त हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सुझाव दिएका छन् ।
सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै बिहीबार प्रतिनिधिसभा बैठकमा उनले संवाद र सहकार्यको परम्परामा हिंड्न बालेनलाई आग्रह गरे । ‘हामी इगोइज्म छोडौं संवाद तथा सहकार्य गर्ने परम्पराको थालनी गरौं’, यादवले भने ।
यादवले आफू संशोधन प्रस्तावका लागि नभई सुझावका लागि रोष्ट्रममा उभिएको पनि उल्लेख गरे ।
‘हामीले यहाँ संशोधन भनेका छौं । मेरो संशोधन होइन, सुझावहरु छन्’, उनले भने, ‘मलाई के लाग्छ भने संशोधन शब्द सुन्दा प्रधानमन्त्रीजीलाई एलर्जी लाग्छ । त्यसैले म यहाँ संशोधनका लागि होइन सुझाव दिन आएको हुँ ।’
यादवले आफूहरुलाई ‘झोले’ उपमा दिने सत्ता पक्षका सांसद् नीति तथा कार्यक्रममा सहभागी नभएकामा आपत्ति जनाए ।




प्रतिक्रिया