सिईओ पाण्डे पत्नीद्वारा बन्दी प्रत्यक्षीकरण रिट दायर

सिईओ पाण्डे पत्नीद्वारा बन्दी प्रत्यक्षीकरण रिट दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू– ठगी तथा आपराधिक विश्वासघात कसुरमा पक्राउ परेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डेलाई रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

पाण्डे पत्नी निरु दाहालले बिहीबार सर्वोच्च अदालतमा बन्दी पत्यक्षीकरणको रिट दायर गरेकी हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) ले बुधबार सिन्धुलीबाट पक्राउ गरेको थियो । दाहालको रिटमाथि न्यायाधीश अब्दुलअजिज मुसलमानको इजलासमा सुनुवाई हुँदैछ ।

सञ्चालन अनुमति रद्ध भएको स्मार्ट टेलिकमले कर्जा लिन बैंकमा राखेको धितो लिलामी गरेको कसुरमा प्रहरीले सिईओ पाण्डेलाई पक्राउ गरेको थियो ।

स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, पूर्वाधार र सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा रहेको अवस्थामा बैंकको लोन रिकभरी कमिटी (एलआरसी) अध्यक्षसमेत रहेका पाण्डेले सरकारको हक टुटाउने उद्देश्यले बदनियतपूर्वक लिलामी प्रक्रिया अघि बढाएको आरोप सिआईबीको छ ।