वर्षाका कारण स्कटल्यान्ड र अमेरिका खेल रोकियो, अमेरिकाको स्कोर १६०/४

वर्षाका कारण स्कटल्यान्ड र अमेरिका खेल रोकियो, अमेरिकाको स्कोर १६०/४

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र अमेरिकाबीच जारी खेल वर्षाका कारण रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा अमेरिका २६.४ ओभरमा ४ विकेट गुमाउँदै १६० रन बनाएको अवस्थामा वर्षाले खेल अवरुद्ध भएको हो।

अमेरिकाका लागि स्मित पटेलले उत्कृष्ट ब्याटिङ गर्दै ७२ रन बनाए भने कप्तान मोनाङ्क पटेलले १२ रनको योगदान दिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड नेश्नल किृकेट टिमले ४७ ओभरमा ६ विकेट गुमाउँदै ३२१ रन बनाएको थियो। वर्षाका कारण खेल ५० ओभरबाट घटाएर ४७ ओभरमा सीमित गरिएको थियो।

स्कटल्यान्डका लागि फिन्ले म्याकक्रेथले १०२ बलमा ७७ रन बनाए। उनले आफ्नो इनिङ्समा ६ चौका र १ छक्का प्रहार गरे। विकेटकिपर म्याथ्यु क्रसले ३२ बलमा ५८ रन बनाउँदा ८ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै ब्रान्डन म्याकमुलनले ४० बलमा ५५ रन जोडे भने माइकल इङ्लिसले ३२ रन बनाए। मार्क वाट २५ रनमा अविजित रहे भने माइकल लिस्कले अविजित २८ रन बनाए। कप्तान रिची बेरिङ्टनले १० तथा जर्ज मुन्सीले २० रनको योगदान दिएका थिए।

बलिङतर्फ युनाइटेड स्टेट नेश्नल किृकेट टिमका सौरभ नेत्रवाल्कर र जसदीप सिंहले दुई दुई विकेट लिए भने मिलिन्द कुमार र शुभम रन्जनेले एक एक विकेट हात पारे।