प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् हेरफेर, कसलाई कुन मन्त्रालय ?

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् हेरफेर, कसलाई कुन मन्त्रालय ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद्लाई नयाँ स्वरूप दिँदै मन्त्रालयहरूको पुन:संरचनासहित कार्यविभाजन हेरफेर गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन् ।

सरकारले प्रशासनिक सुधार र मितव्ययिताका लागि मन्त्रालयको संख्या घटाउने निर्णय गरेसँगै नयाँ कार्यविभाजन सार्वजनिक गरिएको छ । पुनर्गठित मन्त्रिपरिषद्मा प्रधानमन्त्री शाहले रक्षा र गृहका साथै भर्खरै स्थापित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’को जिम्मेवारी आफैँसँग राखेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार विज्ञप्ति जारी गर्दै नयाँ मन्त्रिपरिषद् गठनबारे जानकारी दिए ।