प्रतिनिधिसभा बैठकमा पुन: अवरोध, ‘सदनमा प्रधानमन्त्री चाहियो, नो इफ नोट बट’

प्रतिनिधिसभा बैठकमा पुन: अवरोध, ‘सदनमा प्रधानमन्त्री चाहियो, नो इफ नोट बट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेका बेला पुन: प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को खोजी गरेका छन् ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन सभामुख डीपी अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बोलाएपछि प्रतिपक्षी सांसदहरू उठेर अवरोध गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सदनमा जवाफ दिने बेला प्रधानमन्त्री नै चाहिने बताइन् । उनले भनिन्, ‘नो इफ नो बट, सदन अवरोध जारी रहन्छ ।’