काठमाण्डु – प्रतिपक्षी दलहरूको विरोधबिच सभामुख डीपी अर्यालले प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित भएपछि प्रतिपक्षी सांसदहरूले उभिएर विरोध गरेका छन्, प्रतिपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ स्वयं उपस्थित हुनुपर्ने माग गर्दै आएका छन् ।
प्रतिपक्षीको विरोधबिच अर्थमन्त्री वाग्लेले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिइरहेका छन् । प्रतिपक्षी सांसदहरू उभिएर विरोध जनाइरहेका छन् ।




प्रतिक्रिया