काठमाण्डु – नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ परेपछि बैंकिङ क्षेत्रमा त्रास फैलिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले कानुनअनुसार धितो लिलाम गरी ऋण असुली गर्दा पनि सीईओलाई पक्राउ गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। ।
नेपाल बैंकर्स संघले सोमबार बिहानै बैठक बसेर पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाएको छ । त्यसपछि डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ तथा लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ।
संयुक्त विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको नीति निर्देशन तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार काम गर्दै आएको उल्लेख गरिएको छ । बैंकहरूले कर्जा असुली नभएको अवस्थामा धितो लिलाम गर्नु कानुनी अधिकारभित्र पर्ने र त्यो सीईओको जिम्मेवारीअन्तर्गत पर्ने दाबी गरिएको छ ।
बैंकर्सहरूले सर्वसाधारणको निक्षेपमा आधारित संस्थाका प्रमुख कार्यकारी अधिकृत पक्राउ पर्दा बैंकिङ क्षेत्रको विश्वसनीयतामा असर पर्ने चेतावनी दिएका छन्। । उनीहरूले ‘सुन अनि थुन’ को सिद्धान्तअनुसार अनुसन्धान गर्नुपर्ने भए पनि सीईओलाई थुनाबाहिर राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। ।
बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले कानुनअनुसार धितो बिक्री गरेकै आधारमा सीईओ पक्राउ गर्नु उचित नभएको बताएका छन्। । उनका अनुसार यस घटनाले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको मनोबल कमजोर बनाएको छ ।




प्रतिक्रिया