काठमाण्डु- ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरमा बैशाख महिनामा एक करोड छ लाख २८ हजार भेटी संकलन भएको छ ।
सो रकम बराबरको भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजनको भिड लाग्ने गरेका छन् । गत चैतमा पनि ५८ लाख ५७ हजार ५०० र फागुनमा ३१ लाख १० हजार रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ ।




प्रतिक्रिया