लोकहा स्याउलीको मकैबारीमा भेटियो मरेको गैडा

लोकहा स्याउलीको मकैबारीमा भेटियो मरेको गैडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नवलपुरको कावासोती नगरपालिका १ लोकहा स्याउली स्थित मकैबारीमा आज विहान एउटा भाले गैंडा मृत फेला परेको छ । स्थानीय भिम बहादुर दर्जीले आफनो मकैबारीभित्र मरेको गैंडा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मकैबारीमा मरेको गैंडा रहेको सूचना स्थानीयले दिएपछि प्रहरी डिभिजन वन कार्यालय र इलाका बन कार्यालयको टोली सो क्षेत्रमा पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरेले जानकारी दिए ।

प्रहरीका अनुसार मृत गैंडामा घाउचोट देखिएको छैन । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।